
सुनवल।रुपन्देहीको न्यु हिमचुली युवा क्लबले सातौं सरावल अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।फाइनल खेलमा सुनवल फुटबल क्लबलाई शुन्यका बिरुद २ गोल गर्दै न्यु हिमचुलीले उपाधि हात पारेको हो।
उपाधि विजेता टोली हिमचुलीले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ।उपविजेता सुनवल फुटबल क्लबले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल, र प्रमाणपत्र हात पारेको छ।
विधागत पुरस्कारतर्फ न्यु हिमचुली युवा क्लबका मिलन आले सर्वाधिक गोलकर्ता घोषित भए।सुनवल फुटबल क्लबका शंकर राई उत्कृष्ट डिफेन्डर चुनिए भने न्यु हिमचुलीका राहुल मुखियाले उत्कृष्ट गोलकिपरको उपाधि प्राप्त गरे।प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी पनि न्यु हिमचुलीका अरुण चौधरी घोषित भए।
सरावल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा बसन्त युवा क्लबको सह-आयोजनामा सरावल गाउँपालिका खेल मैदान, बसही रंगशालामा प्रतियोगिता सम्पन्न भएको थियो।प्रतियोगिताको संरक्षक सरावल गाउँपालिका रहेको थियो। समापन कार्यक्रममा पुर्व मन्त्री एव लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेत,सरावल गाउँपालिका अध्यक्ष शुखाडी चौधारी उपाध्यक्ष बासमती हरिजन वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।