ट्रेन्डीङ्ग

कोहलपुर गोल्डकप:राइजिङ स्टारले फाइनलमा आयोजक संग भिड्ने

बाँके।राइजिङ स्टार फुटबल क्लब नवलपरासी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ।दोश्रो सेमिफाईनलमा काँक्रेविहार फुटबल क्लब सुर्खेतलाई हराउदै राइजिङले आयोजक रेसिङ साहारासँग उपाधि भिडन्त पक्का गरेको छ।

राइजिङ स्टारले बिहीबार काँक्रेविहार फुटबल क्लब सुर्खेतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउदै फाइनलमा प्रवेश गरेको निर्धारित समयमा बराबरी (१/१ गोल) मा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो।

१९औं मिनेटमा राइजिङ स्टारका फाकुन्ले अवयोमी बोलसियुनले टिमलाई अग्रता दिलाएका थिए। तर,७८औं मिनेटमा काँक्रेविहारका धनसिंह विकले बराबरी गोल फर्काए।खेलको म्यान द म्याच राइजिङ स्टारका फाकुन्ले घोषित भए र पाँच हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको फाइनल फागुन २४ हुनेछ। कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ गतेदेखि प्रतियोगिता प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउने छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?