
सुनवल।पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा-११ र १२ मा कार्यक्षेत्र रहेको अँधेरी खोला खानेपानी तथा सरसफाइ आयोजनाको १० औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।आयोजनाका अध्यक्ष बालकृष्ण भट्टराईको अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता मामी सतिसवरिया मन्दीरको प्राङ्गणमा सम्पन्न भएको हो।
प्रमुख अतिथि बिमला अर्यालले ‘एक घर, एक धारा’अभियान अन्तर्गत शुद्धिकरण गरिएको खानेपानी उपलब्ध गराउने लक्ष्य रहेको बताइन्। विपन्न वर्गका लागि सहुलियत दरमा खानेपानी जडान कार्यक्रम लागू गरिएको जानकारी दिँदै संघीय तथा प्रदेश सरकारसँग ट्रीटमेन्ट प्लान्ट स्थापनाका लागि पहल भइरहेको उल्लेख गरिन।
कार्यक्रममा खानेपानी प्रदेश आयोजना महासंघ लुम्बिनी प्रदेश संयोजक थानप्रसाद गैह्रे, सुनवल कार्यपालिका सदस्य भगवती बस्याल, खानेपानी महासंघ नवलपरासीका जिल्ला अध्यक्ष देविदत्त सापकोटा, संस्थाका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ, मामी सतीसवरीया वनका अध्यक्ष कुलानन्द पाण्डे, रामनगर बृहत् खानेपानीका अध्यक्ष विष्णु अर्याल, सुनवल खानेपानीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेलगायतको उपस्थिति थियो। वक्ताहरूले पानीका स्रोतहरू सुक्दै गएकाले रिचार्ज पोखरी निर्माण र खानेपानी शुद्धिकरणका लागि प्रयोगशाला स्थापना गर्न जोड दिए
अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष बालकृष्ण भट्टराईले २०५८ सालमा स्थापित सस्थाले व्यक्तिगत तथा संस्थागत र सार्वजनिक गरी १ हजार १ सय ५ वटा धारा जडान गरिएको जानकारी दिए।कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै टीका कुमारी न्यौपाने पाण्डेयले ६४ लाख ९२ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन।त्यस्तै सचीवको प्रतिवेदन सुरेन्द्र बिक्रम शाह र लेखा समितिको प्रतिवेदन टंकप्रसाद सुवेदीले प्रस्तुत गरेका थिए।
कार्यक्रम सस्थाका उपाध्यक्ष बिष्णुप्रसाद लामिछानेको स्वागत तथा टंक सुवेदीले संचालन गरेका थिए।नया समिति चयनका लागी दुई जनाको दावेदारी परेपछी आइतबार बिहान सम्मलाई रोकिएको सस्थाले जनाएको छ।