ट्रेन्डीङ्ग

जनकल्याण बहुउद्देश्यीय साकोसद्वारा शेयर सदस्यलाई धुपबत्ती बनाउने तालिम

सुनवल।सुनवल-६ विशासयमा जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्यहरूलाई लक्षित गरी तीन दिने धुपबत्ती बनाउने तालिम सुरु गरेको छ।सहकारीका सचिव तथा शिक्षा समिति संयोजक रमेश भुसालको अध्यक्षतामा र सहकारीका अध्यक्ष दयाराम भण्डारीको प्रमुख आतिथ्यमा तालिम उद्घाटन भएको हो।

प्रमुख अतिथि भण्डारीले आर्थिक सशक्तिकरणका लागि सहकारीले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै यस तालिमले शेयर सदस्यहरूको आयआर्जनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा लेखा समिति संयोजक पदमप्रसाद काफ्लेको विशेष आतिथ्य रहेको थियो भने सञ्चालन कोषाध्यक्ष पदम काफ्लेको रहेको थियो।तालिममा १८ जना सहभागी छन्।तालिमलाई प्रशिक्षक भगवती बस्यालले सहजीकरण गर्ने सस्थाले जनाएको छ।

कार्यक्रममा संचालक समितिका सदस्यहरु लेखा समितिका सदस्यहरुको लगायतको उपस्थिति थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?