
सुनवल।राइजिङ स्टार फुटबल क्लब भुमही जय पृथ्वीबहादुर गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।कैलालीको धनगढीस्थित गौरीगंगा-११ स्पोर्ट्स क्लबको मैदानमा सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा लक्की स्टार क्लबलाई १-० ले पराजित गरेको हो।
पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोश्रो हाफको ७५ औ मिनेटमा विनोद केवटले गरेको गोल नै निर्णायक बन्यो बन्यो।म्यान अफ द म्याच भने राइजिङकै अभिनाश थापामगर घोषित भए।
योसँगै राइजिङले उपाधिका लागि सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसनसँग खेल्ने छ।
सुदूरपश्चिमले पहिलो सेमिफाइनलमा कर्णाली प्रदेश फुटबल एसोसिएसनलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ।फाइनल फागुन १४ गते हुनेछ। #khelapati