ट्रेन्डीङ्ग

सुनवल नगरपालिकालाई तीन दलको ३५ बुँदे ध्यानाकर्षण पत्र : विधिको शासनमाथि प्रश्न

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस, राप्रपा र माओवादी केन्द्रले संयुक्त रूपमा ३५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन।तिन दलले सुनवल नगरपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा नगरपालिकाले विधिको शासन भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका छन।

नेपाली कांग्रेस जिल्ला सदस्य तथा सुनवल नगर संयोजक यामलाल पाण्डेको संयोजकत्वमा राप्रपा केन्द्रीय सदस्य देवी घिमिरे,माओवादी केन्द्र नगरअध्यक्ष मोहन कार्की लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा नगर प्रमुख विमला अर्याललाई १५ दिने अल्टिमेटम सहित ३५ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन।

ध्यानाकर्षण पत्रमा लोकतन्त्रको मर्ममाथि प्रहार हुने गरी विधिको शासनभन्दा व्यक्तिको निजी स्वार्थलाई प्राथमिकता दिइएको आरोप लगाइएको छ।स्थानीय शासन सञ्चालन ऐन २०७४ र सञ्चालन कार्यविधिमा व्यवस्था गरिएको जनसहभागिता, सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाले चासो नदिएको आरोप पत्रमा उल्लेख छ।

नगरप्रमुख अर्याललाई ध्यानाकर्षण पत्र बुझाउँदै “समयावधिमै जानकारी नगराए चरणबद्ध आन्दोलनमा जाने” उद्घोष गरेका छन।

त्यसैगरी,नगर प्रमुख अर्यालले ध्यानाकर्षण पत्र बुझ्दै कतिपय बुँदाहरूलाई सुझावका रूपमा ग्रहण गर्ने बताउँदै केही बुँदाहरू कपोलकल्पित आरोप भएको दाबी गरिन।ध्यानाकर्षण पत्रमा उठाइएका विषयहरूमा आवश्यक जानकारी दिने नगरप्रमुख अर्यालले प्रतिवद्धता व्यक्त गरिन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?