
भुमही।रामनगर तेक्वान्दो एकेडेमी भुमहिले प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरेको छ।प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा फागुन १०-११ गते दाङमा हुने प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरू सहित टिम कोच तथा प्रशिक्षकलाई विदाई गरेको हो।
नवलपरासीबाट प्रतियोगितामा सहभागी हुने खेलाडी ,कोच र प्रशिक्षक सहित ९ जनालाई विदाई गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सुनवल नगर प्रमुख विमला अर्यालले खेलाडीहरूलाई अनुशासित,मर्यादित र उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्दै सफलताको शुभकामना व्यक्त गरिन।उनले खेलकुदले अनुशासन,आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उल्लेख गर्दै स्थानीय स्तरबाट उदाएका खेलाडीहरूले प्रदेश तथा राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने आवश्यकता रहेको बताईन।
कार्यक्रम रामनगर तेक्वान्दो एकेडेमीका अध्यक्ष धर्मेन्द्र अग्रहरीको अध्यक्षता तथा टपन केवटको सञ्चालनमा भएको थियो।