
सुनवल।दारी ग्याङ्ग नवलपरासीले ९ औं वार्षिकोत्सव तथा प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय युवा समूहले भूमहीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
जिल्लामा रगतको अभाव भइरहेकाले सहज आपूर्ति सुनिश्चित गर्न रक्तदान कार्यक्रम गरिएको दारी ग्याङ्ग नवलपरासीका अध्यक्ष प्रदीप अर्यालले बताए।
वार्षिकोत्सव तथा प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न रक्तसमूहका २८ जनाले रक्तदान गरेका सचिव यमन भण्डारीले जानकारी दिए।आयोजकहरूले आगामी दिनमा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन।कार्यक्रम रेडक्रस सोसाइटी शाखा परासीको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो।
कार्यक्रममा दारी ग्याङ्ग लुम्बिनी प्रदेश संयोजक असल सुवेदी,सहसंयोजक अमृत गौडेल, सल्लाहकार ईश्वर पाठक, सुनवल नगरपालिका-१२ का वडा अध्यक्ष चुरामणी पौडेल तथा दारी ग्याङ्गमा आबद्ध युवाहरूको उपस्थिति रहेको थियो।