ट्रेन्डीङ्ग

यातायात व्यवस्था सेवा कार्यालय परासीबाट स्मार्ट लाइसेन्स कार्ड वितरण सुरु

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालय मार्फत एकैपटक झन्डै १३ हजार सवारी चालक अनुमती पत्रको स्मार्ट कार्ड वितरण सुरु भएको छ। कार्यालयबाट जारी भएका नयाँ अनुमती पत्र, नविकरण, वर्ग थप, प्रतिलिपि गरी १३ हजार ९७१ वटा स्मार्ट कार्ड एकैपटक वितरण सुरु गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिए।

प्रदेश सरकार अर्न्तगतको उक्त कार्यालय २०७८ सालमा स्थापना भएको थियो भने गत वर्षको असार बाट सवारी चालक अनुमती पत्र वितरण सुरु भएको थियो । चालु आर्थिक वर्षको पुस सम्मको लाईसेन्स कार्ड प्राप्त भएकाले सेवाग्राहीलाई क्रमैसंग कार्ड वितरण सुरु गरिएको कार्यालयले जनाएको छ । परिक्षा उत्तिर्ण भएको लामो समय सम्म पनि अनुमती पत्र प्राप्त नहुने समस्या व्यहोर्दे आएका सेवाग्राहीकले अन्य कार्यालयको तुलनामा समयमै कार्ड गरेको कार्यालय प्रमुख न्यौपानेले बताए ।

दुई पाङग्रे सवारी साधनको लाईसेन्स वितरण गर्दे आएको कार्यालयले गत माघ महिनाबाट चार पाङग्रे सवारी साधनको पनि लाईसेन्स विरतण सुरु गरेको छ । जिल्लामै कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सवारी चालक अनुमती पत्र लिन र अन्य सवारी साधन सम्बन्धि कामका लागी जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?