ट्रेन्डीङ्ग

तेश्रो स्मृति कप : मुन स्टारको सहज जित

सुनवल।सुनवल-३ कृतिपुरमा जारी तेस्रो स्मृति कप नकआउट ९ ए साइड फुटबल प्रतियोगितामा मुन स्टार गाइज सुनवलले विजयी सुरुवात गरेको छ।

तेस्रो दिनको खेलमा मुन स्टारले मनकामना एफसीलाई २-० को नतिजामा पराजित गर्दै सहज जित हात पारेको हो।

मुन स्टारका अमित क्षेत्रीले खेलको १३ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए।त्यसपछि ४२ औं मिनेटमा निराजन क्षेत्रीले निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

प्रतियोगितामा मुन स्टारका निराजन क्षेत्रीलाई खेलको म्यान अफ द म्याच घोषित भए। प्रतियोगिता कृतिपुर युवा क्लब, सुनवल-३को खेल मैदानमा सञ्चालन भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?