ट्रेन्डीङ्ग

रामनगर बजार विकास संस्थाको तेस्रो साधारणसभा सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा अवस्थित रामनगर बजार विकास संस्थाको तेस्रो साधारणसभा भुमहीमा सम्पन्न भएको छ।रामनगर बजार बिकास सस्थाका अध्यक्ष युवराज भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य केशव भण्डारी प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य केशव भण्डारीले व्यवसायी र औद्योगिक विकासका लागि सरकारले उत्पादनमा लगानी वृद्धि गर्नुपर्नेमा बताउदै औद्योगिक क्षेत्रको विस्तारताका लागि राज्यले संरक्षण गर्नुपर्ने जोड दिए।

भण्डारीले आर्थिक समस्याको समाधान गर्न बैंक तथा सरकारी नीतिहरू परिमार्जन गर्नुपर्ने साथै जरिवानाको भार कम गर्नुपर्ने उल्लेख गरे भुमहीमा रहेका सटर भाडाको विषयमा तत्काल समाधान खोजिनुपर्ने नगरपालिका संग पहल गर्ने बताए।

नवलपरासी चेम्बर अफ कमर्स उपाध्यक्षका पेउ नारायण न्यौपाने(प्रेम)ले सरकारले व्यवसायीहरूको समस्या समाधानका गर्न ध्यान नदिएको बताउदै रामनगर बजार विकास संस्था समस्याको समाधानका लागि अब्बल संस्था बन्दै गएको उल्लेख गर्दै सुनवल नगरपालिकाले व्यवसायीको सटरको ६ महिनादेखि टेन्डर नखोलि जरिवाना सहित भाडा लिँदा व्यवसायीहरू मारमा परेको बताए।

वडा अध्यक्ष चुरामणी पौडेल(दिपक)ले व्यवसायी हक हितका लागि सटर भाडासम्बन्धी समस्या समाधानका लागि पहल भइरहेको बताए।

बजार बिकास समितीका संस्थापक अध्यक्ष ढुण्डिराज भट्टराई रामनगर जेसिजका अध्यक्ष देवु भट्टराई,रामनगर बृहत् खानेपानी आयोजनाका उपाध्यक्ष राजु बस्याल,उद्योग वाणिज्य संघ सुनवलका सदस्य डिल्लीराज पाण्डे लगायतले व्यवसायीहरूलाई संगठित बनाउँदै साझ फर्म गठन गर्नुपर्ने ,स्थानीय व्यवसायीहरूको सशक्तिकरणका लागि संस्थाले मध्यस्थताको भूमिका खेल्दै व्यवसायीहरूले हकहितका लागि संगठित भएर मात्र समस्याहरू समाधान गर्न सकिने जोड दिएका थिए।कार्यक्रममा सहभागी व्यवसायीहरूले व्यवसायीका समस्या समाधान र बजार व्यवस्थापनलाई थप व्यवस्थित बनाउनका लागि सहकार्य र पहलको आवश्यकता साथै सटर भाडाको विषयमा समाधान खोज्न आग्रह गरेका थिए।

कार्यक्रममा अध्यक्ष युवराज भुसालले विभिन्न तालिम सञ्चालन,सरसफाइ तथा सचेतना कार्यक्रम साथै रक्तदान कार्यक्रमको सफलतापूर्वक आयोजना गर्नुका साथै व्यवसायीहरूलाई लाभ हुने सामाजिक र व्यावसायिक कार्यक्रमहरूबारे अध्यक्षको प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेका थिए।अध्यक्ष भुसालले संस्था आगामी दिनमा व्यवसायीहरूको हितमा थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे।साथै कोषाध्यक्ष धर्मागत भुषालले १ लाख ८७ हजार रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रम समितिका उपाध्यक्ष चिरञ्जीवी बस्याल स्वागत साथै कार्यक्रमको संचालन सचिव भरत क्षेत्रीले गरेका थिए।

रामनगर बजार बिकास समिति सुनवल नगरपालिका ११,१२ र १३(साबिक रामनगर गाबिस) कार्यक्षेत्र रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal