ट्रेन्डीङ्ग

प्याब्सन पश्चिम नवलपरासीको अध्यक्षमा डम्बर गुरुङ्ग

सुनवल। निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पश्चिम नवलपरासीको अध्यक्षमा डम्बर गुरुङ्ग सर्वसम्मत निर्वाचित हुनुभएको छ।बर्दघाटमा सम्पन्न १६औँ अधिवेशनले गुरुङ्गलाई अध्यक्ष चयन गरेको हो।

जसको वरिष्ठ उपाध्यक्षमा घुरहु यादव, उपाध्यक्षमा बालकृष्ण पंगेनी, सचिवमा अविनाश रेग्मी, कोषाध्यक्ष विष्णु चौधरी, सहसचिव कृष्ण शर्मा र सहकोषाध्यक्षमा शन्तबहादुर चौधरी निर्वाचित हुनुभएको छ।

१७ सदस्यीय कार्यसमितिमा भुगोलतर्फका सदस्यहरू क्रमश: दिपनारायण सहानी(रामग्राम),देउमान झेडी मगर(बर्दघाट),भेषराज न्यौपाने(सुनवल),कम्लेस माली(पाल्हीनन्दन),राज कुमार मुराउ(प्रतापपुर)खुला सदस्यमा गोपाल बस्याल,सुमित पाठक,कमला शर्मा, र कृष्णप्रसाद गौतम सर्वसम्मत चयन भएको प्याबसनले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal