ट्रेन्डीङ्ग

जेनिथ क्लब (रातो) बिरुद्द सम्झना युवा क्लबको फराकिलो जित

सुनवल।सम्झना युवा क्लब हर्दियाले जेनिथ युवा क्लबलाई ५-२ को फराकिलो अन्तरले पराजित गर्दै शानदार जित हासिल गरेको छ।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा सम्झना युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै जेनिथ (रातो) विरुद्ध जित दर्ता गरेको हो।

सम्झना युवा क्लबको जितमा आयुष थापा,निरन्जन खत्री र प्रसन्न क्षेत्रीले समान एक/एक गोल गरेका थिए,भने अभतर थापाले दुई गोल गर्दै टिमलाई मजबुत अग्रता दिलाए।

जेनिथ युथ क्लबका लागि सुजन तामाङले दुई गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन।खेलमा उत्कृष्ट प्रदर्शन गरेका सम्झना युवा क्लबका खेलाडी मौसम गुरुङ म्यान अफ द म्याच घोषित भए।

प्रतियोगितामा भोलिको खेल बिग बुद्ध क्लब, सुनवल र दोभान एफ.सी., पाल्पाबीच हुने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal