ट्रेन्डीङ्ग

दोभान एफसि विरुद्ध बिग बुद्ध एफसिको प्रभावशाली जित

सुनवल।सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगिता अन्तर्गत बिग बुद्ध युवा क्लबले शानदार प्रदर्शन गर्दै दोभान एफ.सीलाई ४-१ को गोलअन्तरले पराजित गरेको छ।

खेलको शुरुवात सुरिकातमै अस्मित शर्माले गोल गर्दै दोभान एफसीलाई अगाडि बढाए।केहि समयमै बिग बुद्धका सुलभ लामाले एक गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाए।

पुर्ण बहादुर गुरुङले खेलमा उत्कृष्ट कौशल प्रस्तुत गर्दै दुई गोल गरेका थिए, जसले बिग बुद्धलाई बलियो अग्रता दिलायो।विनोद भट्टराईले खेलको अन्त्यतिर थप गोल गर्दै बिग बुद्धको जितलाई सुनिश्चित गरे।

पुर्ण बहादुर गुरुङलाई उनको शानदार प्रदर्शनका लागि “म्यान अफ द म्याच” घोषित गरियो।प्रतियोगितामा भोलिको खेल वार्ड नं ३, सुनवल र योङ्ग बोइज एफ.सी., रुपन्देहीबीच हुने आयोजकाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal