ट्रेन्डीङ्ग

प्रथम जेनिथ कप: जेनिथ युवा क्लब नीलोको शानदार जित

सुनवल।प्रथम जेनिथ कप फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा जेनिथ युवा क्लब नीलोले बर्दघाट एफसीलाई ३-० को शानदार अन्तरले पराजित गरेको छ।

पहिलो हाफ खेलको सुरुवातमै बर्दघाटका सौताग पुनले आत्मघाती गोलले जेनिथ निलोले अग्रता पायो।उत्कृष्ट प्रदर्शन सहित विपक्षीलाई दबाबमा राख्न सफल हुदा टिम क्याप्टेन निखिल पुन र सृजन थापा मगरले समान १/१ गोल गर्दै टोलीलाई ३-० को बलियो स्थितिमा पुर्‍याए।

दोस्रो हाफमा बर्दघाट एफसीले प्रयास गरे पनि गोल गर्न नसक्दा खेल ३-० कै स्कोरमा टुंगियो। उत्कृस्ट खेल प्रदर्शन गरेका जेनिथ नीलोका क्याप्टेन निखिल पुनलाई म्यान अफ दि म्याच घोषित भएको आयोजकले जनाएको छ।प्रतियोगितामा भोलि शनिबार जेनिथ युवा क्लब रातो र सम्झना युवा क्लब हर्दियाबीच प्रतिस्पर्धा हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal