ट्रेन्डीङ्ग

प्रथम जेनिथ कप:सनराईज एफसि बडेराको बिजयी सुरुवात

सुनवल।प्रथम जेनिथ कपको दोस्रो दिनको खेलमा मुनस्टार एफ.सी सुनवललाई पेनाल्टी सुटआउटमा ३-४ ले हराउँदै सनराईज एफ.सी बडेराले बिजयी सुरुआत गरेको छ।निर्धारित समयमा २-२ गोलमा टुग्गिएको थियोे।

खेलको पहिलो हाफमा मुनस्टार एफ.सीका आशिष रानाले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए।केही समयपछि सनराईज एफ.सीका बिनोद केवाटले गोल फर्काउँदै खेललाई १-१ मा पुर्‍याए।

दोस्रो हाफमा मुनस्टार एफ.सीका जितेश गुरुङले पुनःगोल गरेर टोलीलाई २-१ को अग्रता दिलाए।

तर,खेलको अन्त्यतिर सनराईज एफ.सीका चुदो चौधरीले निर्णायक गोल गरेर खेललाई २-२ मा पुर्‍याए।मुनस्टारले  अग्रता जोगाउन नसक्दा खेल पेनाल्टी सुटआउटमा प्रवेश गर्‍यो।

सनराईज एफ.सीका गोल रक्षकले पेनाल्टी सुटआउटमा उत्कृष्ठ बचाउ गरेपछि म्यान अफ द म्याचको पुरस्कार प्राप्त गरेको जेनिथ युवा क्लबका सहसचिव संसार रानाले जानकारी दिए। भोलिको खेल जेनिथ युवा क्लब रातो र बर्दघाट-४ बीच हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal