ट्रेन्डीङ्ग

प्रथम जेनिथ कप सुरु, उद्घाटन खेलमा सिभपुर एफसीको जित

सुनवल।सुनवल -३ कृतिपुरमा प्रथम जेनिथ कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ।क्लबका अध्यक्ष निकेश गुरुङको अध्यक्षता तथा सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा फुटबल प्रतियोगिता सुरु भएको हो।

उद्घाटन खेलमा शिभपुर एफसीले पहिलो हाफमा ३-० ले पछाडि परे पनि दोस्रो हाफमा अविश्वसनीय पुनरागमन गर्दै उदय युवा क्लबलाई ४-३ ले पराजित गरेको छ। उदयका आशिष तामांगले २ र कमल बुढाथोकीले १ गोल गरेका थिए।

सिभपुरको जितका लागि अशोक सुनारले शानदार ह्याट्रिक ३ गोल गर्दै खेललाई बराबरी बनाए। त्यसैगरि शिभपुरका अशोक घर्ती मगरले १ गोल थप्दै टोलीलाई जित दिलाए।खेलमा उत्कृष्ट प्रदर्शन गरेका अशोक सुनारलाई म्यान अफ द म्याच घोषित भए।

प्रतियोगितामा नवलपरासी, रुपन्देही ,पाल्पा र स्थानीय गरि १६ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष निकेश गुरुङले जानकारी दिए । भोलिको खेल सनराइज एफसी बडेरा र मुन स्टार एफसी सुनवल बीच हुनेछ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार १ सय ११,द्धितीय हुने टिमले ५५ हजार ५ सय ५५ तथा विभिन्न विधातर्फ उत्कृष्ट गोल रक्षक र उत्कृष्ट गोलकर्तालाई समान ४ हजार र सर्वाकृष्ट खेलाडीलाई ५ हजार साथै दैनिक उत्कृष्ट (मेन अफ द म्याच)खेलाडीलाई १ हजार ५ सय पुरस्कार दिइने क्लबका सहसचिव संसार रानाले जानकारी दिए।

जेनिथ युवा क्लबको आयोजनामा भएको फुटबल प्रतियोगिता माघ ३ गतेसम्म चल्ने जेनिथ रंगशाला खेल मैदानमा हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal