ट्रेन्डीङ्ग

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दै

देउखुरी।लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ।बजेट अधिवेशन अन्त्य भएकाे तीन महिनापछि बल्ल संसद बैठक बस्न लागेकाे हाे।

प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको थियो।

प्रदेश प्रमुख दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने छ।उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ।

हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणा-पत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ।चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal