सुनवल।पश्चिम नवलपरासीको सुनवल-५ वनकट्टीमा तमु ल्होसार-२०८१ को अवसरमा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा कोशेली कला केन्द्र प्रथम भएको छ।साङक सेराव छयोईलि(बौद्द गुम्बा समिति)द्वारा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा ११ टिमलाई पछी पार्दै कोशेली कला केन्द्र प्रगतिटोल प्रथम भएको हो।
त्यसैगरि द्वितीय साहारा क्लब,सुनवल,नेपाल तमु गुरुङ विध्यार्थी छोंज धीं,नवलपरासीले तृतीय र चौथो द स्पाइन बोर्डिङ स्कुलले हात पारेको तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सदस्य मिलन तमु जानकारी दिए।प्रथम,द्वितीय,तृतीय र चौथो हुनेले क्रमश: २५ हजार,१५ हजार, १० हजार र ३ हजार नगदसहित प्रमाण पत्र प्राप्त गरेका थिए।
गुम्बा समितिका अध्यक्ष राम प्रसाद गुरुङको अध्यक्षता तथा सुनवल नगरपालिका नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न सांस्कृतिक नृत्य प्रतियोगितामा नगरप्रमुख अर्यालले गुरुङ समुदायको माग सम्बोधनका लागी तयार रहेको उल्लेख गर्दै प्रदेश र केन्द्र सरकार संग बजेट बिनियोजन गर्न प्रतिबद्द्ता व्यक्त गरिन।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्धक रन्जन राज गुरूङ,गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य मिलन तमु,माओवादी केन्द्रका नवलपरासी इन्चार्ज भविश्वर तिवारी,कार्यपालिका सदस्य जुठिमाया पुन,हर्दिया बनकट्टि ईकाइका अध्यक्ष लिलाराम तमू,शुभलक्ष्मि बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्ष गंगा तमू लगायतले तमुहरुको सस्क्र्ती बारे बोलेका थिए।
इच्छाबहादुर गुरूङको स्वागत र गुरूङ राष्ट्रिय महिला परिषद जिल्ला अध्यक्ष सीता गुरूङ संचालनमा रहेको थियो।कार्यक्रममा तमुहरुको जेष्ठ नागरिकलाई सम्मान गरिएको कार्यक्रम संयोजक बखत बहादुर गुरूङ जानकारी दिए।