ट्रेन्डीङ्ग

प्रथम जेनिथ नकआउट फुटबल प्रतियोगिता पौष १७ गतेदेखि

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा पौष १७ गतेदेखि प्रथम जेनिथ खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ।जेनिथ युवा क्लब सुनवल-३ कृतिपुरको आयोजनामा पौष १७ गतेदेखि फुटबल प्रतियोगिता हुने भएको हो।

आइतबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार १ सय ११,द्धितीय हुने टिमले ५५ हजार ५ सय ५५ तथा विभिन्न विधातर्फ उत्कृष्ट गोल रक्षक र उत्कृष्ट गोलकर्तालाई समान ४ हजार र सर्वाकृष्ट खेलाडीलाई ५ हजार साथै दैनिक उत्कृष्ट (मेन अफ द म्याच)खेलाडीलाई १ हजार ५ सय पुरस्कार दिइने क्लबका अध्यक्ष निकेश गुरुङले जानकारी दिए।

प्रतियोगितामा नवलपरासी र रुपन्देही जिल्लाका १६ टिमले सहभागीता जनाउने क्लबका सचिव हिमाल शेरापुजाले जानकारी दिए। माघ ३ गतेसम्म चल्ने फुटबल प्रतियोगिता जेनिथ रंगशाला खेल मैदानमा हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal