नवलपरासी ।
पश्चिम नवलपरासीको भारतिय सीमा नाकाबाट बिभिन्न समानको साथै कुखुराहरु अबैध रुपमा नेपाल भित्राउने कार्य बढेको पाइएको छ ।
तस्करीले प्रहरी ,शसस्त्र प्रहरी,घुमुवा तथा अन्य निकायलाई आर्थिक प्रलोभन देखाइ अबैध सामान ओसारपसार गर्ने गरेको स्थानीय बासी बताउँ छन् ।
तस्करले विशेष गरि रातको समयमा भारतीय तथा मधेसी मुलका अशिक्षित युवालाई आर्थिक प्रलोभन देखाए नेपाल भित्राउने गरेको खुकुरा भित्राउदै गरेका एक युवाले बताए ।
नवलपरासीमा पछिल्लो समय अबैध सामान ओसारपसारमा कमि आएता पनि सिमावर्ती प्रहरीको मिलिमतोमा दैनिक रुपमा तस्करी हुँदा पनि जिल्ला प्रहरी भने बेखबर जस्तैः छ । सिमावर्ति प्रहरी प्रशासनकै मिलोमातोमा यस्तो अबैध कार्य भैरहदा नियमन गर्न निकायले कार्वाही गर्ला कि नगर्ला ।
भारत तथा नेपालका तस्करहरुको मिलीमतोमा अबैध रुपमा इलेक्ट्रोनिक सामाग्री,लत्ताकपडा,सवारी साधनका पाटपुर्जा,गाई भैंसी ,खसी बोका,खाद्यान्न सामाग्री ,खुकुराहरु भित्राउने गरेको पाइन्छ ।
तस्करले हकुईको गाउँ हुँदै सुनवल सम्म पुर्याउने गरेको र भारतको सीमामा पर्ने रूपन्देहीको तर्कुलाहा, बुचिबर्वा गाउँ हुँदै साइकल र मोटरसाइकलमा तोनवाको गाउँमा नेपालको तस्करहरुलाई जिम्मा लगाउदा पनि तोनवा प्रहरी चौकीका इन्चार्ज मुकदर्शक बन्छन ।
दैनिक रुपमा तस्कर गर्ने सिमावर्ती प्रहरीलाई मासिक कमिसन दिने गरेको स्थानीय बासीले बताए ।
तस्कर गरेर ल्याएका ती कुखुराहरु रूपन्देही र नवलपरासीका खुद्रा व्यापारीहरुलाइ दिने गरेका पाइएको छ।