ट्रेन्डीङ्ग

जगन्नाथ माविले ६४ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनायो

पश्चिम नवलपरासीको सुनवल नगरपालिका -१२ मा अवस्थित जगन्नाथ माविले ६४ औं वार्षिकोत्सव र अभिभावक भेला विविध कार्यक्रम गरि मनाएको छ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर क्षेत्रीले अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि सुनवल नगरपालिका प्रमुख बिमला अर्यालले नगरभित्र ३ कक्षासम्मको नि:शुल्क शिक्षा संचालनमा आएको र विद्यालयको शैक्षिक योगदानको महत्त्वलाई उजागर गरेकी थिइन्।

पुर्व विद्यार्थी र प्रतापपुर गापा प्रशासकीय अधिकृत अर्जुन चौधरीले विद्यालयको शैक्षिक उन्नयनमा योगदान पुर्याउनुपर्ने कुरामा जोड दिए। उनले शैक्षिक आर्जनको सट्टा केवल पैसा कमाउने मानसिकताले विद्यालयको प्रगतिको सम्भावनामा असर पुर्याउन सक्ने कुरा जनाए।साथै कार्यक्रममा शिक्षा शाखा प्रमुख पशुपति भट्टराई डोलराज भण्डारी,अडिक बिक र विद्यालय व्यवस्थापन समिति लुम्बिनी प्रदेश उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले विद्यालयको शैक्षिक उन्नयनका लागि योगदान पुर्याउनुपर्नेमा जोड दिएका थिए।

विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर राहादीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका शैक्षिक र प्राविधिक प्रगति र आगामी योजनाबारे जानकारी दिए।बुढानिलकण्ठ विद्यालय सहित विभिन्न विद्यालयसँग असल अभ्यास आदान-प्रदान गर्दै प्राविधिक धारमा कार्यन्वयन गर्दै कम्युटर इन्जिनियरिङ्ग र बालविज्ञानका विषयहरूलाई अध्यापन गर्ने तयारि रहेको बताए।

बाल बिकासदेखि कक्षा १२ सम्म संचालन भएको बिद्यालयमा १५ सय ९ विद्यार्थी र ७२ शिक्षक तथा कर्मचारी कार्यरत रहेको प्रतिवेदन उल्लेख गरेका छन।

कार्यक्रम सहायक प्रधानाध्यापक तुलबहादुर घिमिरे र विद्यार्थी आरुशी खरालको स्वागत साथै शिक्षिका बिनिता अधिकारीले संचालनमा भएको थियो।

कार्यक्रमको अन्त्यमा विभिन्न विद्याका उत्कृष्ट विद्यार्थी र अभिभावकलाई पुरस्कार र छात्रवृत्ति वितरण गरियो। साथै, शिक्षण कार्यमा समर्पण गर्ने शिक्षक र कर्मचारीलाई सम्मानित गरिएको थियो ।

अभिभावक भेलाले नया व्यवस्थापन समिति चयनका लागि आवस्यक ४ जनाका लागि ३२ जनाको दावेदारी परेसंगै बिहिबार १० बजे सम्मलाई स्थगित गरिएको शिक्षा शाखा अधिकृत पशुपति भट्टराईले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal