ट्रेन्डीङ्ग

सुनवलको ज्यामिरेमा बस र ट्रक ठोकिदा २२ जना घाइते

सुनवल।पश्चिम नवलपरासी सुनवलको ज्यामिरेमा बस र ट्रक ठोकिदा १९ यात्रु घाइते भएका छन भने ३ जनाको अवस्था गम्भीर रहेको छ।

बर्दघाटबाट बुटवलतर्फ जादै गरेको लु १ ख ९४६७ नं को माइक्रोले साइकल यात्रीलाई ठक्कर दिएर अनियन्त्रीत भइ विपरित दिशाबाट आएको सुदुरपश्चिम ००१ ख २४४२ नं को ट्रकसंग ठोकिन पुगेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

दुर्घटनामा परी माइक्रोबसमा सवार १९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १३ जनाको  मध्य गम्भीर छ।

घाइते मध्य १९ जना देवदह भलुहीस्थित देवदह मेडिकल कलेज लगिएकोमा ३ जना बुटवल प्रादेशिक अस्पतालमा उपचार लगिएको मा थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।

सवारी चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसान्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal