ट्रेन्डीङ्ग

हर्दियामा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि नदुवा युवा क्लबलाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-५ हर्दियामा सम्झना युवा क्लबको आयोजनामा आयोजित फुटबल प्रतियोगिताको उपाधि नदुवा युवा क्लबले हात पारेको छ।९“ए”साइड सिस्टममा संचालित फाइनलमा बिगबुद्ध युवा क्लबलाई पराजित गर्दै नदुवाले उपाधि हात पारेको हो।

विभिन्न १६ टिम सहभागी रहेको प्रतियोगिताको फाइनलको निर्धारीत समय शुन्यशुन्य गोलमा बराबरीमै सकिए पछि खेल टाइब्रेकरमा पुगेको थियो।टाइब्रेकरमा बिगबुद्ध युवालाई ३ गोलविरुद्ध ४ गोल गर्दै उपाधि जितेको क्लबका अध्यक्ष खुशिमान गुरुङले जानकारी दिए।

प्रतियोगिताको बिजेता टिमले ट्रफिसहित ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमलाई ३३ हजार ३ सय ३३ रुपैयाँको पुरस्कार हात पारेका छन।

प्रतियोगिताभर विधागततर्फ उत्कृष्ट ‘म्यान अफ द म्याच’ नदुवा युवा क्लबका सुरज थारु,सर्वोत्कृष्ट खेलाडी बिग बुद्द युवा क्लबका अनुप बुढा,सर्वाधिक गोलकर्ता सुनवल ८ का अनिश भुजेल र उत्कृष्ट गोलरक्षक नदुवा युवा क्लबकै माधव तिवारीलाई आकर्षक पुरस्कार दिइएको खेल संयोजक सुनिल गुरुङले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal