ट्रेन्डीङ्ग

सुस्तामा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

पश्चिम नवलपरासीमा ट्रककाे ठक्करबाट एक साईकल यात्री मृत्यु भएकाे छ।जिल्लाको सुस्ता गाउँपालिका १ बरुवा चोकमा स्थित भित्री सडक खण्डमा ट्रक ठक्कर दिदाँ गएराति साईकल यात्रु मृत्यु भएकाे हाे।

नवलपरासी सुस्ता गा.पा. १ बरुवा निवासी बर्ष ६५ को रामजि नेपालीकाे मृत्युु भएकाे प्रहरीले जनाएकाे छ।

बरुवा चोक स्थित भित्री सडक खण्डमा बर्दघाटबाट त्रिबेणी तर्फ जादै गरेको लु २ ख ८९३ नं. को ट्रकले सोही दिशा तर्फबाट जादै गरेको साईकल यात्री रामजि नेपालीलाई ठक्कर दिदा सख्त घाईते भई उपचारको सामुदायिक अस्पताल चौपत्ता पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको थियाे।उनकाे शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी राखिएको छ।

ट्रक र ट्रक चालक नियन्त्रण प्रहरीकाे नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal