सुनवल।विसाशय सामुदायिक वन उपभोक्ता समुहको १८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
वनका अध्यक्ष गंगाप्रसाद घिमिरे अध्यक्षता रहेको साधारणसभामा प्रमुख अतिथि लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देव करण कलवार सन्तुले वन,कृषि र किसानलाई आयआर्जनमा जोड्ने गरि खाली जग्गामा वृक्षरोपण गर्नुपर्ने बताए।
मन्त्री कलवारले सामुदायिक वनका घाट गद्दीमा रहेका काठहरु कुहिएर गएकोले उक्त समस्या समाधानका लागि मन्त्रालयमा पहल गरिने र सामुदायिक वनको स्वामित्वमा रहेको खाली जमिन तारबार गरि अतिक्रमण रोक्न प्रयास गरिने मन्त्री कलवारले बताए।
त्यस्तै पुर्व मन्त्री एवं लुम्बिनी प्रदेश सांसद खड्ग वस्नेतले वनले आफ्ना उपभोक्ताहरुलाई कत्तिको आत्मनिर्भर बनाउन सक्यो त्यो लेखाजोखा गरि साधारणसभाबाट जानकारी गराउन आग्रह गर्दै वनले अर्थतन्त्र र सामाजिक परिवर्तन संग सामन्जस्यता गरे मात्र उपभोक्ता र सरकार संग साइनो गासिने बताए।
वनका उपाध्यक्ष खगेस्वर भुषालको स्वागत रहेकोे कार्यक्रममा खानेपानी उपभोक्ता महासंघ लुम्बिनी प्रदेश संयोजक थान प्रसाद गैह्रे,सुनवल प्रेस क्लबका रमेश भुषाल,झपेन्द्र खड्का,सामुदायिक वन जिल्ला महासंघ अध्यक्ष शारदा पोखरेल,वडा अध्यक्ष मन बहादुर थापा, वडा अध्यक्ष हिमाल शर्मा चापागाईं,सुनवल शब डिभिजन कार्यलय मरिचमान लामा लगायतले सुभकामना मन्तव्य राख्नु भएको सस्थाकी सचीव मनरुपा पाठकले बताइन।
२०५४ सालमा स्थापित वन सुनवल-१,४ र ६ रामग्राम १,२ र ३ साथै पाल्हीनन्दन ३ समेटिएको वनको कुल क्षेत्रफल ६१४.२९ हेक्टर रहेको अध्यक्षको गंगाप्रसाद घिमिरेको प्रतिवेदनमा जनाएको छ।
गत आर्थिक बर्षमा कुल १ करोड ३१ लाख ४२ हजार बराबरको आम्दानी खर्चको विवरण पेश गरेको लेखा संयोजक उत्सव पौडेलले बताए।