ट्रेन्डीङ्ग

हात्तिवन पुर्खा स्मृति गोल्डकप पौष १६ गतेदेखि हुने

सरावल।पश्चिम नवलपरासीको सरावलमा आगामी पौष १६ गतेदेखि हात्तिवन पुर्खा स्मृति गोल्डकप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ।सम्मेमाई सामुदायिक युवा क्लब सरावल गाउँपालिका-४ हात्तिवनको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको हो।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११,द्धितीय हुने टिमले ५५ हजार ५५ तथा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई विभिन्न पुरस्कार दिइने क्लबका अध्यक्ष शेषकान्त सहानीले जानकारी दिए।प्रतियोगिताले फुटबलका गतिविधि बढ्नुको साथै खेलाडीहरुको समेत स्तरवृद्धि हुने अध्यक्ष सहानिको भनाई छ।

पौष १६ गतेदेखि माघ २ गतेसम्महुने प्रतियोगिता सरावल-४ हात्तिवन खेल मैदानमा हुने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal