सुनवल।पश्चिम नवलपरासीको सुनवलमा ३ विद्यालय र ७ जना प्राध्यानाध्यापक समानित गरिएको छ।सामुदायिक विद्यालय व्यवस्थापन समिति सुनवलनगर कार्यसमितिले बुधबार एक कार्यक्रममा गरि सुनवल नगरपालिकामा भित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालय र प्रध्यानाध्यापकलाई सम्मान गरेको हो।
विभिन्न परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय मध्यमा कक्षा १२ मा जिल्ला प्रथम हुने ध्यान्याचल माध्यमिक विद्यालय,एसईईमा जिल्ला प्रथम हुने रमवापुर मावी र कक्षा ८ नगर प्रथम देवकोटा नमुना माध्यामिक विद्यालयलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समिति महासंघका सुनवल नगर सदस्य तारा बलालले जानकारी दिए।
त्यसैगरि प्रध्यानाध्यापकतर्फ धान्याचल माविका ऋषिराम भण्डारी,ज्योति मावि तत्कालीन प्रध्यानाध्यापक यादव खड्का,रमवापुर माविका तत्कालीन प्रध्यानाध्यापक फानप्रसाद श्रेष्ठ,अरनिको माविकी तत्कालिन प्रध्यानाध्यापक रिता गैह्रे,वनदेवि आविका मुरारी यादव,जनज्योति आधारभूतकि सावित्रा राना,नवदुर्गा आविकी शिवु रेग्मी सहित सुनवल नगरशिक्षा शाखा प्रमुख बिष्णु गोतामेलाई सम्मान गरिएको थियो।
सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षता र सचीव दिपक रानाको संचालनमा भएको कार्यक्रममा सुनवल नगरपालिका प्रमुख बिमला अर्याल,विभिन्न वडाका वडा अध्यक्षहरु,सुनवल नगरपालिका कार्यपालिका सदस्यहरु,सामुदायिक विद्यालय व्यवस्थापन महासंघ केन्द्रिय सदस्य रामबहादुर क्षेत्री,लुम्बिनी प्रदेश उपाध्यक्ष सुर्यप्रसाद न्यौपाने,विभिन्न विद्यालयका प्रध्यानाध्यापक सहित शिक्षक प्रतिनिधि,विद्यालय व्यवस्थापन समितका सदस्य लगायतको उपस्थिति रहेको थियो। तस्बिर: