ट्रेन्डीङ्ग

दाउन्नेमा सडक भासिदा पूर्वपश्चिम राजमार्ग अबरुद्द

सुनवल।पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडक भासिदा यातायात सेवा अबरुद्द भएको छ।दाउन्नेको खुर्सानी खोला नजिक पहिरोको कारण हाईटेन्सन पोल ढलेको र सडक भासिदा यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अबिरल बर्षादको कारण सडक किनारामा रहेको रिर्टनिङ वाल चर्केको, बाटो चर्केको र हाईटेन्सन लाईनको पोल जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारि रेशम बोहोराले जानकारी दीए।
सडक डिभिजन कार्यालय र विद्युत प्राधिकरणको समन्वयनमा सडक निर्माण र पोलको व्यवथापन गर्ने कार्य भैरहेको डिएसपी बोहोराले बताए।पूर्वबाट आइरहेका गाडीहरुलाई दुम्कीवासमा र पश्चिमतर्फबाट आइरहेका गाडीहरुलाई बर्दघाटमा रोकिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal