ट्रेन्डीङ्ग

बर्दघाटमा ६ सय बोरा चिनीसहित दुई जना पक्राउ

परासी।पश्चिम नवलपरासीमा भन्सार छलेर ल्याएको गरेको ६ सय बोरा चिनीसहित २ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

बर्दघाट नगरपालिका-२ चिसापानीमा भैरहवाबाट काठमाडौ जाँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रक खानतलासी गर्दा अवैध सामान बरामद भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेका अनुसार बरामद भएको सामानको बजार मुल्य ६८ लाख रुपैयाँ रहेको छ।चिनी, मोबाइलका समान सहित ७ प्रकारको समान बरामद भएको छ ।

पक्राउ गरिएका ब्यक्ति र सामानलाई आवस्यक कारबाहीका लागि महेसपुर भन्सार पठाइएको छ।बिलबिजकमा उल्लेख भएको भन्दा फरक सामान ल्याइएको थियो।यो सामान कहाँ र कसरी जाँदै थियो भन्नेबारे अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal