ट्रेन्डीङ्ग

मुलपानी सामुदायिक वनको ११ औ साधारणसभा सम्पन्न

सुनवल।मुलपानी सामुदायिक वन उपभोक्ता समूहको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ।सस्थाका अध्यक्ष यज्ञ प्रसाद पाण्डेको अध्यक्षता एवम लुम्बिनी प्रदेश सांसद एव निवर्तमान मन्त्री खडग बस्नेतको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख सांसद अतिथि बस्नेतले मानिसको जिवनस्तर उकास्न वनको महत्वपूणर् योग्दान रहेको बताउदै वनलाई समुदायमा हस्तान्तरण गरे पछि वन संरक्षण र संवद्र्धन भएको र धेरै सामाजिक कामहरु गरेको बताए । नया बन्दै गरेका निति र कार्यविधिहरुले गर्दा असमन्जस्यता उत्पन्न गर्ने हुदा कानुन सुधार र संसोधन गरि वातावरण,उपभोक्ता मैत्री बनाउनुपर्नेमा वस्नेतले जोड दिए।

यस्तै विशिष्ट अतिथि सुनवल नगरप्रमुख बिमला अर्यालले सामुदायिक वनहरु नमुना वनमा परिणत भएको र समाज सेवामा अग्रसर रहदै उपभोक्ताहरुको जिवनस्तर सुर्धानमा महत्वपूणर् योगदान रहेको बताइन।नगरउपप्रमुख सुर्य प्रसाद दुवेले सुनवल नगरको विकास निर्माणमा सुनवलका सामुदायिक वनहरु संग हातेमालो गर्दै अगाडि बढ्ने बताए।

कुल ३ सय २९ हेक्टर क्षेत्रफल रहेको वनको उपभोक्ता घरधुरी ६ सय २७ रहेको र वन सुनवल वडा नं ४,३,२,१ रामग्राम ४ र पाल्हीनन्दन १ नं वडा सम्म कार्यक्षेत्र रहेको छ।कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पाण्डेले वनले २०८० श्रावण १ देखि हाल सम्म गरेको मुख्य कार्यहरु र २०८१ श्रावण १ गतेदेखि २०८२ असार मसान्त सम्म गरिने कार्यहरुको प्रस्ताव पेश गरेका थिए ।

यस्तै लेखा संयोजक यमनारायण लम्सालले आर्थिक वर्ष २०८०/०८१ मा २ करोड ५७ लाख १३ हजार आम्दानी रहेको र २ करोड ६१ लाख ६४ हजार खर्च भई ३४ लाख ६१ हजार बचत रहेको आफनो प्रतिवेदनमा उल्लेख गरेका थिए।संस्थाका सचिव समिक्षा बलाल सिंजापतिले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको प्रतिवेदन अवधेश कुमार यादवले र अनुगमन उपसमितिको प्रतिवेदन अनुगमन उपसमिति संयोजक झक बहादुर गुरुङले गरेका थिए।

कार्यक्रममा महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने,ईप्रका सुनवलका प्रमुख सन्तोष पौडेल,विजयनगर सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन कार्की,वनका सल्लाहकार उमकान्ता उपाध्याय,डिभिजन वन कार्यलय नवलपरासीका निमित्त प्रमुख मुसाफिर भगत सवडिभिजन वन कार्यलय सुनवलका मरिचकुमार लामा लगायतले बोलेको उपाध्यक्ष प्रभुलाल मौर्यले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal