
परासी।पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदिको बाढि पसेको छ।दुई दिनदेखि निरन्तरको वर्षाले नारायणी नदिको जलसतहले खतराको तह पार गरेको छ।
नारायणी पारीको सुस्ता गाँउको थारुटोलका १५ घरमा बाढि पसेको छ। लगातारको वर्षाका कारण नारायणीमा पानीको मात्रा उच्च भएपछि पारी सुस्तास्थित शिव मन्दिर अगाडिको बाँधबाट पानी ओभर फ्लो भएर गाउँतिर सोझिएको हो।पानीको सतह बढ्ने क्रममा रहेकाले सुस्ताको पुरै गाँउ डुबानको उच्च जोखिममा रहेको सुस्ता बचाउ अभियानका प्रवत्ता रविन्द्र जयसवालले जानकारी दिए।
नारायणी नदिले खतराको तह पार गरेपछि गण्डक व्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिईन।अहिले नारायणी नदिमा प्रतिसेकेन्ड पानीको बहाव ५ लाख १ सय क्युसेक रहेको छ।
त्यसैगरि बर्दघाट नगरपालिका-२ बास खोलामा ९ घरमा क्षति भएको छ।
सुस्ता र बर्दघाटमा डुबान र घर क्षतिमा परेका स्थानियले छिमेकिको घरमा आश्रय लिएका छन।जिल्लामा हालसम्म कुनै मानवीय क्षति भएको छैन।