परासी।राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा नारायणी नदीमाथि बनेको पुलले डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयवासको बाध्यता अब सधैँका लागि अन्त्य गरेको बताउनुभयो।बिहीबार सुस्तामा नारायणी नदीमा बनेको झोलुंगे पुल उद्घाटनका साथै एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्तिसमेत शुभारम्भ गर्ने कार्यक्रम सुभारम्भ गर्दै राष्ट्रपति पौडेलले पुल निर्माणले स्थानीयवासीको जीवनमा राहत मिलेको बताए।
राष्ट्रपति पौडेलले झोलुङ्गे पुलको निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने वस्तु तथा सेवाहरूको सहज पहुँच हुने अवस्था सिर्जना गरेको बताए।
राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्वीहरूको पवित्र तपोभूमिको रुपमा रहेको त्रिवेणीधाम नजिकै रहेको नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो यस झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना रहेको बताउनु भयो। झोलंगे पुलले नयाँ पहिचान बनेको बताए ।
सोहि कार्यक्रममा उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नवलपरासिलाई पूर्ण विधुत जिल्ला घोषणा गर्दै बर्षौदेखि सिमाना कुरेर बसेका सुस्ता बासीको लागि विधुत वितरण गर्दै एक बर्ष निशुल्क विधुत वितरण गरिने घोषणा गर्नु भएको छ।
नारायणी नदिमा झलुङ्गे पुल बनेपछि सुस्ताबासीलाई वर्षे भेलमा डुङ्गाको जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।भारतीय अतिक्रमणको चपेटामा परेको सुस्ताका स्थानीयले आफ्नै भूमि रक्षाका लागि भारतीयसँग संर्घष गर्नुपर्ने र सामान्य कामका लागि पनि भारतको भर पर्नु अवस्था पुल बनेपछि केहि राहत हुनेछ ।
सुस्ताको वारि र पारी गर्नेका लागी ढुङ्गाको सहायता लिनु पर्ने सुस्ताबासी बर्षातको समयमा नेपालीहरु नेपालसङ्गै जोडिन समेत सक्दैन थिए।सामान्य घरपरिवारमा आवस्यक पर्ने खाध्यान्न तथा लत्ताकपडाका लिनका लागि नेपाली बजारमा आउन नारायणी नदिको जोखिम पुर्ण यात्रा गर्नु पर्ने वा भारतीय बजारमा पुग्नु पर्ने थियो ।
सुस्ताको पुल बने पछि सुस्ताबासीहरु नेपाली बजार गर्ने भारतीय बजारमा जानु पर्ने वा नारायणीको जोखिम पुर्ण यात्रा गर्नु नपर्ने भएको छ । पुल बनेपछी सुस्तापट्टी उत्पादन हुने उखु र केरा दायाँ किनारमा ल्याउन र बजारको पहुँचमा सहजता हुने देखिएको छ।
शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान ७ सय ५४ मेट्रिक टन भारवान क्षमता रहेको उक्त पुल १ हजार ५ सय ७१ मिटर लामो र १ दशमलव ६ मिटर चौडा रहको झलुङ्गे पुल नेपालको सबै भन्दा लामो र एसियाको दोस्रो लामो पुल रहेको दाबी समेत गरेका छन ।
सुस्ता गाउपालिका ०५ मा (नारायणी पारी सुस्ता) मा २ सय ६५ घर धुरीमा करीब ३ हजार २ सय जना बसोबास गरेका छन । त्रिशूली आश्रय जेभी कन्ट्रक्सन कम्पनीले २० करोड ९३ लाखको लागत पुल निमार्ण गरेको हो।