ट्रेन्डीङ्ग

जनकल्याण बहुउद्देश्यीय साकोसद्वारा रजतबर्षको अवसरमा लोगो सार्वजनिक

सुनवल।जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लि.सुनवल ६ बिसासयले २५ औं स्थापना दिवसको अवसरमा लोगो सार्वजनिक गरेको छसस्थाका अध्यक्ष दयाराम भण्डारीको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्यप्रसाद दुवेको प्रमुख आतिथ्यता मा २५ वटा दिप प्रज्वलन गर्दै लोगो सार्वजनिक गरेको हो।

कार्यक्रम प्रमुख अतिथि उपप्रमुख दुवेले बित्तीय सस्थाको पहुँच नपुगेको अवस्थामा बिसासयमा सहकारी स्थापना आफैमा महत्त्वपूर्ण भएको बताए।अहिले सहकारीमा तरलता बढडै गएको भन्दै सहकारीताको मुल मर्म अनुसार अहिलेका सहकारीहरु संचालन हुनु पर्ने बताए ।

कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिमलाल चापागाईंले ठुला सहकारीहरु समस्यामा परे पनि जनकल्याणले सहि तरिकाले सुचारु हुँदै २५ औं बर्षमा प्रवेश गरेको भन्दै खुसी व्यक्त गरेका थिए।

सस्थाका पुर्व अध्यक्ष थानप्रसाद गैरेले सहकारी लाई अगाडि बढाउन पालिकाले महत्व भुमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । बिगतमा सुनवल नगरपालिका शिक्षा शाखा भवनका विषयमा पुर्व ग्राही भएको भन्दै आगामी दिनमा समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने बताए।

त्यस्तै कार्यक्रममा ३२ जना दुध उत्पादक कृषिकहरुलाई सम्मान गरेको सस्थाका अध्यक्ष दयाराम भण्डारीले जानकारी दिए।कार्यक्रममा सल्लाहकार कृष्ण बन्धु अर्याल,पुर्व उपाध्यक्ष रुद्रनाथ लामिछाने लगायतले बोलेका थिए।

सस्थाको २५ औं स्थापना दिवसको अवसरमा लोगो सार्वजनिक कार्यक्रममा सस्थाका उपाध्यक्ष पदमप्रसाद काफ्लेले स्वागतका साथै संचालन सचीव ओमकान्त तिमिल्सिनाले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal