परासी।राष्ट्रपति रामचन्द्र पौडेल पश्चिम नवलपरासी आउनु हुने भएको छ । सुस्ताको नारायणी नदिमाथी निर्माण सम्पन्न झलुङ्गे पुलको समुद्घाटनका लागि उहाँ नवलपरासी आउन लाग्नु भएको बताईएको छ ।यहि असोज १० गते झलुङ्गे पुलको उद्घाटन हुने कार्यक्रम रहेको छ ।
यसैगरी बर्दघाट नगरपालिकाको चिसापनी अस्पतालमा काठमाडौ उपत्यका बाहिरको पहिलो ट्रमा सेन्टरको शिलान्यास कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल आउनु हुने भएको हो ।
असोज १३ गते बृहत् कार्यक्रमका बिच बहुप्रतिक्षित बर्दघाट ट्रमा सेन्टरको शिलान्यास गर्ने कार्यक्रम रहेको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।