ट्रेन्डीङ्ग

पक्राउ पर्ने सूचना पाएपछि लामिछानेले नेता कार्यकर्तालाई पार्टी कार्यालय बोलाए

‍काठमाडौँ।गृहमन्त्री रमेश लेखकले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएसँगै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ।

आफू पक्राउ पर्ने सूचना पाएलगत्तै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले पार्टीका नेताहरुलाई पार्टी कार्यालय वनस्थलीमा छलफलका लागि बोलाएका छन्।सभापति लामिछानेले बोलाएपछि पार्टीका नेता तथा सांसदहरु पार्टी कार्यालय पुग्ने क्रम जारी छ।

रास्वपा पार्टी कार्यालयमा प्रहरीसमेत परिचालन गरिएको छ।स्रोतका अनुसार सादा पोशाकमा पनि प्रहरी खटाइएको छ।

संसदीय छानबिन समितिले अनुसन्धानमा ल्याउनू भनेका ५५ जनालाईनै पक्राउ गर्ने तयारी भइरहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

रवि लामिछाने र जीबी राईका साझेदार गोरखा मिडिया नेटवर्क सञ्चालक एवं पूर्व डिआइजी छवि जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal