ट्रेन्डीङ्ग

मेडिकल व्यवसायी प्रसाई समर्थक २ जना पक्राउ

  • अराजक गतिविधि हुनसक्ने भन्दै:मेडिकल व्यवसायी प्रसाई समर्थक २ जना पक्राउ
  • झापा।मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेपछि उपद्रो गर्न सक्ने भन्दै दुई जनालाई झापा प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल(पीडीएफ)का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन।

    आइतबार साँझ ५ बजे बिर्तामोड-३,बिर्ताबजारस्थित निजी निवासबाट मैनालीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी प्रकाश विष्टले बताए।

    त्यस्तै साँझ कमल-४,सितापुरीस्थित निजी निवासबाट दुरेन राईलाई इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक निशान थापाको कमान्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।उनलाई इलाका प्रहरी कार्यालय दमकमा प्रहरी निगरानीमा राखिएको छ।

    प्रसाईँ पक्राउपछि झापामा अराजक गतिविधि हुनसक्ने भन्दै सुरक्षाकर्मीहरूलाई सतर्क राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।सुरक्षा निकायलाई स्टेन्डबाई राखिएको जिल्ला प्रहरी कार्यालयकी निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिइन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?