ट्रेन्डीङ्ग

कृष्ण जन्माष्टमी पुजाको २२ लाख ८४ हजार बराबरको आयव्यय सार्वजनिक

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ कृष्णधाममा सम्पन्न कृष्ण जन्माष्टमीको पुजाको २२ लाख ८४ हजार बराबरको आयब्यय सार्वजनिक गरेको।

कृष्ण जन्माष्टमी पुजा व्यवस्थापन समितिको आयोजनामा भएको उक्त जन्माष्टमि पुजा व्यवस्थापन समितिका अध्यक्ष मोहन कार्कीले आयब्यय सार्वजनिक गर्दै २२ लाख ८४ हजार १ सय ४० आम्दानी भएको बताए।कार्कीले कार्यक्रममा ११ लाख १ हजार २ सय ७१ खर्च हुनुका साथै ११ लाख ८२ हजार ८ सय ६९ बचत रहेको अध्यक्ष कार्कीले जानकारी दिए।

कार्यक्रममा सुनवल नगरपालिकाका पुर्व नगरप्रमुख भिम बहादुर थापा(भरत), वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनी, पुजा व्यवस्थापन मुल समिति सल्लाहकारहरू विष्णु प्रसाद पौडेल, कृष्ण लामिछाने, यज्ञ पाण्डे र उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य लगायतले बोलेका थिए।

सुनवल सत्मार्ग बहुआयमिक समाज र श्री कृष्णधाम विकास समितिले संयुक्त रूपमा गत भदौ ८-९-१० गते सम्पन्न जेष्ठ नागरिक संरक्षण अक्षयकोष स्थापनार्थ कृष्णजन्माष्टमि पुजाको आज एक कार्यक्रम गर्दै आयव्यय सार्वजनिक सुनुवाइ गरेको हो।

कार्यक्रममा चन्दादातालाई सम्मान गरिएको पुजा व्यवस्थापन समितिका महासचिव मुरली गौतमले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal