बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीमा रहेको चिसापानी अस्पतालमा चमेना गृह निर्माण भएको छ।आज एक कार्यक्रम बिच संविधान सभा सदस्य सिन्धु जलेसाले नवनिर्मित चमेना गृहको उद्घाटन गरेकी हुन।
उनले अस्पतालमा चमेना गृह निर्माण हुनुले सजिलो भएको बताउदै निर्माणमा सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरिन।
बर्दघाट नगरपालिका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बिगतमा अस्पतालमा क्यान्टिन नहुँदा अस्पतालमा रहेका बिरामी,बिरामी कुरुवा र अस्पतालमा आउने हरुकालागी निकै असहज भएको उल्लेख गर्दै चमेना गृह निर्माणले सहज हुने बताए । नगर प्रमुख श्रेष्ठले शुद्द र स्वस्थ्यकर खाना खुवाउन समेत आग्रह गरे ।
नगरपालिकाका कर्मचारी,अस्पतालका डाक्टर,कर्मचारी एवम् ब्यवस्यायिहरुको स्वस्फूर्त सहयोगमा चमेनागृह निर्माण गरिएको बताईएको छ । कार्यक्रममा सामाजिक बिकास समिती संयोजक भिमकाजी गुरुङ,नेपाली काङ्ग्रेसका जिल्ला सचिव कुलदिप आचार्य लगायतको उपस्थिति रहेको थियो।
केही रकम उठ्न बाकी नै रहेकाले क्यक्न्टिन निर्माणमा उठेको रकम र लागत खर्चको हिसाबकिताब हुन बाकी रहेको अस्पतालका गुणस्तर सुधार समितीका संयोजक यम बहादुर थापाले बताए ।सययोगी दाताहरुको नामावली शिलालेखमा समावेस गरिएको छ ।