ट्रेन्डीङ्ग

आमरण अनसनमा गाँउपालिका अध्यक्ष यादव,काग्रेस महामन्त्री थापा सहभागी

नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपि शर्मा ओलीलाई नारायणगढ बुटवल सडक खण्डमा यात्रा गर्न आग्रह गरेका छन।शुक्रवार पश्चिम नवलपरासीको प्रतापपुरमा हुलाकि सडक निर्माण पुरा गर्न माग गर्दे गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले सुरु गरेको आमरण अनसनमा सहभागि हुन आएका महामन्त्री थापाले प्रधानमन्त्री सहित सिंगो मन्त्रिपरिषदका सदस्यहरुलाई सडक यात्रामा निस्किन आग्रह गरे । देशभर मुख्य राजमार्ग, हुलाकि सडकको अवस्था दयनिय रहेको भन्दै उनले सरकारले छिटो भन्दा छिटो समस्याको समाधान गर्नुपर्ने बताउदै मन्त्रिपरिषद सबै सदस्य लिएर प्रधानमन्त्रीले वास्तविक पिडा बुझ्न सडक यात्रा गर्नुपर्ने बताए।

महामन्त्री थापाले देशभरका सडक आयोजना अस्थव्यस्थ हुनुमा बजेट विनियोजनमा लापरवाही भएको बताएका छन् । प्रर्याप्त बजेट विनियोजन नहुने, ठेकेदारले काम नगर्ने, नियमन प्रभावकारी नहुने जस्ता गलत प्रवृत्ति कायम रहे दशकौँ पछि पनि सडक आयोजना सम्पन्न नहुने दाबी गरे ।

नवलपरासीको प्रतापपुर गोपिगंज देखि बेलाटारी सम्मको हुलाकि सडकको काम लामो समय भईसक्दा पनि अलपत्र भएपछि गाँउपालिका अध्यक्ष यादवले शुक्रवार देखि आमरण अनसन सुरु गरेका हुन् । पटक पटक ठेकेदार सहित नियामक निकाय संघिय सरकार मातहतका हुलाकि राजमार्ग योजना कार्यालय संग पनि सडक निर्माण तत्काल सक्ने लिखित प्रतिवद्धता गरेपनि कार्यान्वय नभएको भन्दै दुई दिन रिले अनसन बसेका जनप्रतिनिधि शुक्रवार देखि आमरण अनसनमा बसेका हुन् ।

नवलपरासीमा तिन खण्डमा विभाजन गरेर १ अर्ब १ करोडको लागतमा हुलाकि सडक विस्तारको काम भईरहेको छ, तिन वटै खण्डको काम निकै सुस्त रहेको छ । यसैबिच सडक नबनेपछि अध्यक्ष यादवले आज देखि सुरु भएको अनसन सडक तत्काल बन्ने सुनिश्चितता नहुदा सम्म जारी रहने बताए । तर सडक तत्काल बन्ने सम्भावना भने छैन् । सडक निर्माणको जिम्मा पाएको महालक्ष्मी बज्र जेभिले उक्त सडक निर्माण गर्न नसक्ने भएपछि कम्पनीनै विक्रि गर्ने तयारी गरेको बताईएको छ । यसैबिच आज सडक निर्माण तत्काल सुरु गर्न माग गर्दे स्थानियले केहिबेर सेमरीमा सडक समेत अवरुद्ध गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal