सुनवल। सुनवल नगरपालिका-१ का ९ बर्षदेखि वन मुद्दाका फरार एक वडा सदस्यलाई कारागार चलान गरिएका छन । सुनवल नगरपालिका-१ का वडा सदस्य परशुराम कुँवर कारागार चलान भएका हुन ।
वन मुद्दामा दोषी ठहर गर्दै २०७२ पुष २० गते जिल्ला अदालत नवलपरासीले कुँवरविरुद्ध १२ हजार ६ सय ५० र ४ महिना कैद थुनामा राख्ने सजायको फैसला गरेको थियो । त्यसबेला देखिनै फरार रहेका कुँवर २०८१ भदौ १२ गते आफै अदालतमा हाजिर गरेको प्रहरीले जनाएको छ ।
उनलाई अदालतको आदेशले तोकिएको कैद भुक्तानका लागि कारागार कार्यालय परासी पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
कुँवर २०७९सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।