
काठमाडौं।कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ।
अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालत दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो।
कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रिया लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेको थियो। तर, यसकाविरुद्ध अदालतमा मुद्दा परेको थियो।
अब यो सेवा फेरि कहिले खुल्छ भन्ने स्पष्ट छैन।अदालतले २०८१ असार १९ ,साउन १७ , भदौ ९ र भदौ १६ मा कार्यालयले गरेका निर्णय अनुसारका सबै काम कारबाही माथि रोक लगाएको थियो।
अदालतले ती निर्णय र सूचनाहरू कार्यान्वयन नगर्न/नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अनलाइन सेवाका सबै काम ठप्प भएको हो।