ट्रेन्डीङ्ग

हुलाकी सडक निर्माणमा ढिलाइ:गाउँपालिका अध्यक्ष बसे अनशनमा

परासी।पुर्व पश्चिम जोड्ने तराई-मधेशको लाइफलाइन भनेर चिनिएको हुलाकी राजमार्ग निर्माणमा ढिलाई हुद्दा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव अनशनमा बसेका छन। पालिका भित्र पर्ने हुलाकी सडक, संघ र प्रदेश सरकारका योजनामा ढिलासुस्ती भएको भन्दै अध्यक्ष यादव अनशनमा बसेका हुन् ।

यसअघि संघीय हुलाकी सडकको अधुरो काम तत्काल सम्पन्न गर्न संघ सरकारलाई पत्राचार र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका उनले आफ्ना माग पूरा नभएको भन्दै मंगलबारबाट रिले अनशन सुरु गरेका हुन।गाउँपालिकाले सरकार र ठेकदार विरुद्ध भदौ २३ गते पत्रकार सम्मेलन मार्फत पहिलो चरणको विरोध तथा आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।उक्त दिन जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना बसी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको थियो।

अध्यक्षको नेतृत्वमा गाउँपालिकाका वडा अध्यक्ष र जनप्रतिनिधिहरू संयुक्तरुपमा अनशनमा बसेका हुन् । संविधानसभा सदस्य विक्रम खनाल, लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठक लगायात जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका नेता समेत   अनशनमा सहभागी भएका थिए। इलाका प्रशासन कार्यालय सेमरी अगाडि रिले अनशनमा बसेको र २७ गतेसम्म पनि कामले तीव्रता नपाएमा आमरण अनशनमा बस्ने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

हुलाकी सडक निर्देशनालय अर्न्तगत गोपीगञ्जदेखि बेलाटारीसम्मको ६ दशमलब ५ किलोमिटर हुलाकी सडक ६ वर्ष हुँदा पनि सम्पन्न नभएपछि प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिले आइतबार प्रदशर्न र धर्ना दिएका थिए ।

सडक निमार्णको क्रममा खनिएको खाडलले गर्दा हिउँदमा धुलो र वर्षामा हिलोले दैनिकजसो दुर्घटना हुने गरेको छ । ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशननालयसँग पटकपटक समन्वय गर्दा पनि काम अगाडि नबढेको भन्दै यहाँका स्थानीयले गुनासो गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal