परासी।पश्चिम नवलपरासीमा ७१ जनामा डेङ्गु संक्रमण भएको देखिएको छ । गत आव बर्ष २०८००८१ मा जिल्लामा ७१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका जनाएको छ।
अभियान अन्तर्गतको परिक्षण र नियमित परिक्षणमा जिल्लाका तीन वटा स्थानिय तहमा उक्त संख्याका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिए।
सात वटा पालिका रहेको नवलपरासीमा बर्दघाट नगरपालिकामा ४७ जना,रामग्राम नगरपालिकामा २१ जना पाल्हीनन्दन गाउँपालिकामा ३ जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
सुस्ता, प्रतापपुर गाउपालिका र सुनवल नगरपालिकमामा बिरामी फेला नपरेको स्वास्थ्य कार्यालयले जनाएको छ।तथ्यांक हेर्दा जिल्लामा सबै भन्दा धेरै डेङ्गु संक्रमितको संख्या बर्दघाट नगरपालिकामा देखिएको छ।
डेङ्गु संक्रमण लामखुट्टेबाट सर्ने हुदा सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ।स्वास्थ्य कार्यालयको तथ्यांक जिल्लामा ०७९ ८० चैत्र सम्म तीन सय ३ सय १५ जनामा डेङ्गु फेला परेको तथ्यांकले देखाएको छ।