ट्रेन्डीङ्ग

आँधीखोलामा पौडी खेल्दा बेपत्ता विद्यार्थी भेटिए

वालिङ।आँधीखोलामा शुक्रबार पौडी खेल्दा बेपत्ता विद्यार्थी भेटिएका छन।

वालिङ बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हरिनासका शिव पोख्रेल शनिबार बायटारी स्थित वालिङ १३ र गल्याङ ८ को सिमाना आँधीखोला किनारमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

हरिनास गाँउपालिका ५ वसन्तडाँडा घर भई वालिङ ८ विपिचोकमा बसेर अध्ययन गरिरहेका पोख्रेल शुक्रबार वालिङ ११ अमलेस्थित आँधीखोलामा पौडी खेल्न गएका थिए। पोख्रेलको शव अन्तिम श्रद्धान्जलीका लागी वालिङ बहुमुखी क्याम्पसमा राखिनेछ।

क्याम्पसले एक सुचना प्रकाशित गर्दै विहान साढे ११ बजे क्याम्पसमा आधा घण्टा अन्तिम श्रद्धान्जलीका लागी राख्ने  क्याम्पसका  कायम मुकायम प्रमुख युवराज पाठकले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?