ट्रेन्डीङ्ग

नया नेपालको सपना(कविता)

नया नेपालको सपना (कविता )

चेतना ओढेर,अशान्तिको पर्खाल ढाल्नुपर्छ,
नयाँ नेपालको सपना बुन्न जाग्नुपर्छ।
सीप र जाँगर बोकी अघि बढौँ हामी,
परिश्रमी पाइलाहरु शिखरतिर लाग्नुपर्छ।

अभियानले उब्जिएका अविश्वासको जग ढाल्नुपर्छ,
घाइते देशको मलमपट्टि हामीले नै गर्नुपर्छ।
विश्वका बुद्ध बनी अघि बढौँ हामी,
भत्किएको देशमा विकासको टालो राख्नुपर्छ।

भ्रष्टाचारको जगलाई कानुनले उधिन्नै पर्छ,
जनताको संविधान विपना बनी आउनैपर्छ।
अंजुलीभरी आकांक्षा बोकी अघि बढौँ हामी,
देशमा अब जनताले भनेको पुग्नै पर्छ।

उन्नतिको बाटो कोर्ने लक्ष्य अब राख्नुपर्छ,
टुक्रिएर होइन अब एउटै पाइला चाल्नुपर्छ।
राष्ट्रियता जिउँदो राखि अघि बढौँ हामी,
सुनौलो बिहानीको आश अब हरेकले गर्नुपर्छ।

~ पुनम वस्ती
देवचुली, नवलपुर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?