ट्रेन्डीङ्ग

सामाजिक कथा समेटिएको आधा सिन्दुर हरेक शुक्रबार आउने

परासी।सामाजिक कथा आधारित आधा सिन्धुर टेलिफिल्म अब हरेक हप्ताको शुक्रबार साँझ ७ बजे डायरी फिल्ममा आउने भएको छ।

 

समाजको यर्थाथता चित्रण गरेको आधा सिन्दुर टेलिफिल्ममा एउटा कहानी हुन्छ।जसमा विधुवा हुन्छिन भने अर्कोतर्फ श्रीमान श्रीमती र छोरी भएको अर्को परिवार हुन्छ।त्यस्तै अझै अर्को पनि परिवार हुन्छ जसमा सासु वुहारी र छोरा हुन्छन।त्यस्तै त्यो समाजमा अर्को पनि परिवार हुन्छ।जसमा विदुवाको कारुणीक कथा समावेश गरिएको छ।

 

 

समाजको समृद्धि र जनचेतनाको लागी वनेको टेलिचलचित्रलाई समर्पित शुक्रले छायाङकन तथा निर्देशन गरेका छन।रेश्मा विकको कथा लेखन रहेको उक्त कथालाई शिशिर र फेरसीले ब्यवस्थापन गरेका छन।

 

 

टेलिफिल्ममा समर्पित शुक्र,अन्जु माझी,शिशिर लक्की,सविना सदाशंकर,सरु खड्का सेर बहादुर लामा,रिता कार्कि,भावना कार्कि,राजेश मगर,मन्जु अधिकारी,दिब्य वस्नेत,केशव विक,कुसुम विक लगाएतको भुमिका रहने छ।

 

 

समर्पित सुक्रको सम्पादन तथा कोपिल आर के मगरको म्युजिक रहने सिरियलको भाग ८ मा शिखा मिडिया प्रा.लिद्धारा संचालित दर्पण पोष्टका अध्यक्ष विमल भट्टराई पनि उक्त टेलिफिल्ममा देखिने भएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?