अनिल नेपाली
अर्घाखाँची २२ फागुन
जगलको बीचमा खोला छ । त्यही खोलाको बीचमा खुल्ला आकाशमा तीपल मुनी बालुबा चालेर गिट्टी कुटेर आफ्नो जीबन चलाईरहेका महिलालाई नारी दिबसले छुदैन ।
मार्च ८ अर्थात् महिला दिबस विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ। कतिपय महिलाहरूले अफिसको जागिरबाट बिदा पाएर घर परिवारसग कतिपयले महिलाले सविधानले महिला लागि प्रशस्त अघिकार दिएको छ भनेर दुईचार जना महिला जम्मा गरेर नारी दिवस मनाइरहेका हुन्छन् । तर,कतिपय महिला ज्याला मजदुरी सग रमाईरहेका हुन्छन् । ती ज्याला मजदुरी सग रमाएका महिलाहरूका लागि नारी दिवसले समान अघिकार दिएता पनि दिवस मनाउन सकिरहेका छैन् ।
आर्थिक अबस्था कमजोर भएर दिबस मनाउन नसक्ने अर्घाखाची जिल्लामा धेरै महिला रहेका छन् । सविधानले दिएको अघिकारलाई उत्सबको रुपमा मनाउन नसक्ने महिलाहरुको दिबसलाई उत्सबको रुपमा मनाउनको लागि सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक खोलामा पुगेर दिबस मनाउनको लागि तयारी गर्दा सरकार जनताका सामु आयो भनेर खुसी भएका सन्धिखर्क नगरपालिका वडा न ७ घर भई बलेबा¨मा बसोबार गर्ने अस्मिता पाण्डेले शनिबार खोलामा बालुबा बोक्दै थिइन्। उनलाई नारी दिवसले खान दिँदैन, लाउन दिँदैन। त्यसैले त उनी मजदुरी गर्न बाध्य छिन। ‘श्रमिक महिला दिवस भन्ने सुनेकी थिएँ,तर त्यो दिबस ठृलाबढाको दिबस हो भनेर उनले भनिन् हाम्रो ईच्छा हुदा हुदै पनि मनाउन सकिन् , उनले भनीन् हामीजस्ता मजदुरी गर्नेहरूका लागि होइन। ठूला वर्गका लागि हो। एकदिन काम नगर्ने भने हाम्रा छोरा छोरीलाई के खुवाउने भनीन्’ उनले घर परिवार धान्नकै लागि रात बिहान नभनी काम गर्नुपरेको सुनाइन। दिवसभन्दा पैसाको महत्व देखाउँदै उनी भन्छिन्,‘एक दिन घरमा बसियो भने ६ सय ५० रुपैयाँ घाटा हुन्छ काम गरिएन भने घर चल्दैन।’ त्यस्तैगरी अर्का महिला पनि खोलामा जिबन जिउन बाध्य छिन् सन्धिखर्क नगरपालिका वडा न ५ की आरती कुमारले आफ्नो श्रीमानलाइ ३ महिला अगाडि गुमाइन् तर उनलाई दुखले छोडेको छैन । उनलाई श्रीमानको पिडा छदैछ त्यसैमाथि जिवन कुजार्नको लागि उनी खोलामा बालुबा चालिरहेकी छिन् र उनलाई श्रमिक महिला दिवस लागेको छैन। ‘मलाई श्रमिक महिला दिवस लागेको छैन,’उनले भनिन्,‘घर परिवारमा खर्च धान्नको लागि नै श्रमिक दिवस नलागेको हो। दिवस लाग्यो भने त घरखर्च कसरी चलाउने घर जग्गा छैन खोलामै बास बस्नुपर्छ खोलामा काम गरेर घर बनाउने हो सनपा १२ की पदमा भुसाल शान्ता खनालकोे जीवन खोलामै चलेको छ सानै उमेरमा विवाह भयो ‘छोराछोरी लाई शिक्षित बनाउनको लागि आफुलाई काम गर्ने इच्छा नहुदा हुदै पनि,’ संघर्ष र दुःखका कुरा सुनाउदै खोलामा बालुबा चालेर जिविकोपार्जन गरिरहेकी छिन्।’ यी दुई महिला मात्र नभई अरू महिला कामदारहरू पनि काम गरिरहेका थिए। कुनै महिला गिट्टी कुटिरहेका थिए त कोही महिला माटो मुछ्दै थिए ।