ट्रेन्डीङ्ग

सुनवलमा कुष्ठरोगीको खोजी अभियान संचालन

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा कुष्ठरोगीको संख्या बढी भएको भन्दै खोज पडताल अभियानलाई अझै तीव्र बनाइएको छ।जसका लागि हप्ताको तिन दिन आईतवार,सोमवार र शनिवार महिला स्वास्थ्य स्वयम्सेवीकाद्धारा आ-आफ्नो टोलमा खोजपड्ताल अभियान संचालन गर्ने गरिएको सुनवल नगरपालिका सिनियर अहेव चुरामणी नेपालले जानकारी दिए।

 

यस्तै रामनगर स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र सुनवल,स्वाठी स्वास्थ्य चौकी र सुनवल स्वास्थ्य चौकीमा हरेक मंगलवार कुष्ठरोग शंका लागेका व्यक्तिको छाला रोग विशेषज्ञ डा.विक्रम ज्ञवाली र नयाँ जिवनको लागि हातेमालो  कार्यक्रम  बुटवलबाट परिक्षण गरिने गरेको पनि सिनियर अहेव नेपालले बताए।

 

 

वालमैत्री सिकाईकेन्द्रको सभाहलमा सुनवल नगरपालिकाको आयोजना तथा फेयरमेड नेपाल र ईन्दे्रणी सामाजिक विकास मन्चको प्राविधिक तथा आर्थिक सहयोगमा समुदायमा कुष्ठरोग खोजपड्तालको लागि महिला स्वास्थ्य स्वयम्सेवीकाहरुलाई सञ्चालित एक दिने अभिमुखीकरण कार्यक्रममा कार्यक्रमका अध्यक्ष एवं सिनियर अहेव नेपालले सुनवल नगरपालिकामा कुष्ठ रोगीको अवस्थाका वारेमा जानकारी दिदै हाल २२ जना कुष्ठ रोगी भेटिएको जानकारी दिए।

 

 

उहाले प्रति १० हजार जनामा एक जना भन्दा वढी कुष्ठरोगी फेला पर्न नहुनेमा सुनवलमा यो संख्या लगभग ४ जनामा भेटिनुले अवस्था जटिल रहेको बताउनुभयो ।फेयर मेड नेपाल बुटवलका परियोजना संयोजक शशिलाल कणर्को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कणर्ले कुष्ठरोगीहरुका पहिचान,लक्षणहरु,उपचार प्रक्रियाका वारेमा प्रकाश पार्नुभएको थियो भने इन्द्रेणी सामाजिक विकास मञ्चका पुस्प आचार्यले  कार्यक्रमको सञ्चालन रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?