सुनवल।सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम हाजिर भएको दुइ दिनमै सरुवामा परेका छन।
लुम्बिनी प्रदेश मुख्य मन्त्रि तथा मन्त्रिपरिषद कार्यालयका कार्यरत रमेश गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत्र २२ गते बैशाख ४ गते देखि नगरपालिका आइराखेका प्रमुख प्रशासकीय अधिकृतमा खटाएकोमा गत आइतबार वैशाख १७ गते पदभार ग्रहण र हाजिर गरेका थिए।तर,दुइ दिनमै आज मगलबार बैशाख १९ गते सामान्य प्रशासन मन्त्रालयले गौतमलाई मुख्यमन्त्री कार्यालयमै यथावत राख्न पत्र पठाएको छ।
रमेश गौतमको यथावत पत्र:
संघीय मामिला तथा प्रशासन मन्त्रालयले गत चैत २२ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यलयमा काजमा खटाएका भक्तिराम मरासिनीलाई पुनःआज बैशाख १९ गते सुनवल नगरपालिकामा खटाएको छ।
रमेश गौतमको कामकाजमा खटाइएको पत्र:
गत चैत २२ गते सोही मन्त्रालयले लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यलयमा कार्यरत रमेश गौतमलाई सुनवल नगरपालिकामा काजमा खटाएको थियो।
भक्तिराम मरासिनीको यथावतपत्र:
सुनवलमा स्थापनाको समयदेखिनै प्रशासकिय अधिकृत लामो समय टिक्न सकिरहेका छैनन तर पछिल्लो समय सरुवा भएर आएका रमेश गौतमलाइ आफु सग सल्लाह नगरी कार्यलय हाजिर हुन आएको भन्दै नगर प्रमुख अर्यालले केहि दिन हाजिर नगर्न आदेस दिएकि थिइन।तर गौतम कार्यालय वैशाख ४ गतेदेखि कार्यलय आइराखेता पनि बैशाख १७ गते आइतबार विवादका बीच हाजिर गरेका थिए।गौतमले हाजिर गरेर २ दिन मात्रै आफ्नो कामकाज गरेका थिए।
नगर प्रमुख बिमला अर्यालको हाजिर गर्ने नदिने अडानले लामो समय विवाद बाबजुद गत आइतबार अर्थात बैशाख १७ गते प्रशासकीय अधिकृत रमेश गौतमले हाजिर गरिसकेको अवस्थामा पुनःपुरानै अधिकृतलाई यथावतको पत्र पठाउदा नगरप्रमुख अर्याललाई मात्रै नभए सम्बन्धि मन्त्रालय माथिनै समेत प्रश्न चिन्ह खडा भएको छ।
आर्थिक वर्ष सकिने लाग्दा नगरबाट हुने योजना सम्झौता र बजेट निर्माण गर्ने समयमा मन्त्रालयबाट काममा प्रभाविति हुने गरि प्रशासकीय अधिकृत सरुवा गर्दा नागरिकका काममा समस्या परेका छन।